सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम आर्थिक अध्यादेश, २०७८ र कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ जारी गरेका छन्।
विहीवार बसेको मन्त्रिपरिषद वैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो।
बुधबार राती कर्णाली प्रदेशसभाको चालू (आठौं) वर्षे अधिवेशन अन्त्य गरिएको थियो। प्रदेश प्रमुखले बुधबार राती अबेर बिज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य गरेका थिए। एमालेले अवरुद्ध गरेको अधिवेशनले बजेट पास गर्न सकेको थिएन।