तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन



काठमाडौँ। नेकपा एमाले माधव पक्षीय अनेरास्ववियूका सचिव तथा आरआर क्याम्पसका सभापति तपेन्द्रबहादुर शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ।

बिहिबार आरआर क्याम्पसको हलमा अनेरास्ववियुले एक कार्यक्रमको आयोजना गरेर उक्त फोर्स निमार्ण गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता नेपाल समूहको अनेरास्ववियूले अखिर फोर्स गठन गरेको हो।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए। उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं। अब देशैभर संगठन निर्माण हुन्छ।’

अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए। घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन। ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो।