‘कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्छ’



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने सामर्थ्य राख्नुपर्नेमा जोड दिएका छन्।

बिहिबार सामाजिक सञ्जालमार्फत समाचार सामाग्री सेयर गर्दै उनले पार्टी र नेता बिग्रिनुमा कार्यकर्ताको मूख्य भूमिका रहने बताएका छन्। उनले लेखेका छन्, ‘मैले जहाँ गएर पनि भन्ने गरेको छु। तपाईंहरू नेताले मूल्यांकन गरेन भन्नुहुन्छ। ठीक छ नेताले कार्यकर्ताको मूल्यांकन गर्नुपर्छ। नेताले कार्यकर्ताको मूल्यांकन तब गर्छ जब कार्यकर्ताले नेताको मूल्यांकन गर्छ। कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्ने सामर्थ्य र क्षमता राख्नुपर्‍यो।’

उनले अगाडि लेखेका छन्, ‘आजको लोकतान्त्रिक र सुसूचित जमानामा को छ र नजान्ने रु नेता आफैं सरहका हुन् कुनै भगवान होइनन्। लोकतन्त्रको सिद्धान्त भनेको त बराबरीको बीचबाट चुन्ने हो। यो बुझाई भयो भने मात्र राजनीति र नेता दुवै सुध्रन्छन्। आदेशपालकहरूको जमातबाट लोकतन्त्रको विकास पनि हुँदैन। राष्ट्रको उन्नति पनि हुँदैन।’