कांग्रेसीहरुले गुटको घेरा तोड्ने बेला हो: ललितजंग शाही



काठमाडौँ। नेपाली कांग्रेस जुम्लाका महासमिति सदस्य एंव संविधान सभा सदस्य ललितजंग शाहीले पार्टीको आसन्न १४औं महाधिवेशन सहमति र सहकार्यका आधार गर्नुपर्नेमा जोड दिएका छन्।

बिहिबार एक विज्ञप्ति जारी गरेर पार्टीभित्र रहेका गुट उपगुट, यो वा त्यो पक्षमा नलागेर पार्टीको विचार आस्था, सीमा र सिद्धान्तको आधारमा राजनीति गर्न अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘सहमति, सहकार्य, एकता, आजको आवश्यकता र अपरिहार्यता कसले जित्छ? कसले हार्छ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र सक्कली लोकतन्त्रको परिपाटी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ।’

उनले अगाडि भनेका छन्, ‘जुम्ला जिल्ला का ६० वटै वडा अधिवेशन ७ वटै गाउँपालिका र चन्दननाथ नगरपालिकामा सहमति, सहकार्य, एकताका साथ सवै अधिवेशन सफलतापृर्वक सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु। समृद्ध देश र सुदृढ कांग्रेस निर्माणको लागि १४औं महाधिवेशन सफलताको शुभकामना।’