मन्त्रीपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय गर्ने तयारी



काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले बिहिबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।

कार्कीका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ। अघिल्लो सरकारले गरेका संवैधानिक नियुक्तिदेखि अन्य विषयका बारेमा सरकारले कदम चाल्ने देखिन्छ।