जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा



काठमाडौँ। अदालतबाट अपदस्त गरिएका निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको खुलासा भएको छ।

तीन पटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ।