कर्णाली प्रदेशको वर्षे अधिवेशन अन्त्य



सुर्खेत। कर्णाली प्रदेशसभाको चालू (आठौं) वर्षे अधिवेशन अन्त्य गरिएको छ।

प्रदेश प्रमुखले बुधबार राती अबेर बिज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य गरेका हुन्। एमालेले अवरुद्ध गरेको अधिवेशनले अजेट पास गर्न सकेको थिएन। अब अध्यादेशबाट सरकारले बजेट ल्याउने छ।

कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन मिति २०७८ असार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो।