काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन्।
बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ।