अदालतबाट अपदस्त नि.प्रम ओलीले छोडे बालुवाटार



काठमाडौँ। अदालतबाट अपदस्त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बालुवाटार छोडेका हुन्।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा जुलुस गरिएको थियो। अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ। ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्।

हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। झन्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भक्तपुरका सांसद महेश बस्नेतले जानकारी दिए।