तस्बिर: प्रदिपराज वन्त
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रीपरिषद वैठकले आगामी चैतसम्म सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ।
मंगलबार राती सिंहदरबारमा बसेको वैठकले चैत महिनाभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
मन्त्री कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहार्इ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो। यसैगरी कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय छ।