काठमाडौँ। नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो। देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन्।
प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ। पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए।
त्यस्तै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ। स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ।