काठमाडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन्। आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई छ।
सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन्। आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ।