अदालतले जहाँ पायो त्यहि हात हाल्योः नि. प्रधानमन्त्री ओली



काठमाडौँ। सर्वोच्च अदालतबाट अपदस्त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गर्ने क्रममा अदालतमाथि खनिएका छन्।

मंगलबार अदालतमाथि ओलीले नगन्ने आरोपहरु लगाएका छन्। अदालतले हरेक विषयमा हात हालेको आरोप लगाएका छन्। मागदावी नगरेको विषयमा समेत अदालतले हात हालेको ओलीको आरोप छ। आफ्नो जीवन लोकतन्त्रका निम्ति खर्चिएको बताउँदै अस्थिरताको कारणका रुपमा अदालतको आदेशलाई परिभाषित गरेका छन्।

सोमबार सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (आज) नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। तर, सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गरिहेका छन्।