काठमाडौँ। नेपाली हिन्दु महिलाहरुको चाँड हरितालिका तीजको अवसरमा तीजगीतहरु बजारमा आउने क्रम जारि छ।
यहि क्रममा ‘भूई छोयो सारीले’ बोलको गीत बजारमा आएको छ। उक्त गीतमा लोकप्रिय गायिका पूर्णकला बीसी र खेमराज गौतमको स्वरमा रहेको छ।
गायक गौतमको शब्द संगीत रहेको गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। उमेश राना, बशन्त बिक,सोनाम पुन,इनाम दुताराजको कोरस आवाज रहेको छ।
सुजन गोर्खालीको निर्देशन प्रकाश खड्काको क्यामरा रहेको गीतको भिडियो दिपक बिष्टले सम्पादन गरेका हुन्। दिपक लामा, करिश्मा ढकाल, निकिता श्रेष्ठ र अस्मिता थापाको अभिनय देख्न सकिन्छ।