ओलीका दुवै कार्यकाल कठिनपूर्ण अवसान



काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ फागुन ३ गते दुइ तिहाई शक्तिको बलमा सत्तारोण गरेका थिए।

४० महीनाभन्दा केही बढी समय ओली सरकारमा रहे। दुई तिहाइ बहुमतको सरकारमा शक्तिशाली ‘इन्ट्री’ गरेका ओलीको अवसान भने सुखद रहेन। अन्ततः विश्वासको मत पाउन नसकेर विचरा बनेका ओली अदालतले गलहत्याउनु पर्ने अवस्थामा आइपुगे।

राष्ट्रपतिको न्यानो काख पाएका ओलीले मनमौजी रुपमा गुटको संरक्षण र प्रवद्र्धन गर्नेमा बढि जसो समय विताए। उनले निष्ठा र त्यागको राजनीति गर्ने अवसर भने नपाएका होइनन्। कयौं पटक उनलाई देशले हिरो बनाउने मौका दियो तर, उनी जिरो नै हुन चाहेपछि कसको के लाग्छ? उनको सुन्दर इतिहास लेखिने थियो। तर, उनले दुईदुई पटक संसदको हत्या गरेपछि इतिहासले उनलाई असलभन्दा पनि पदभोगी, सत्ताभोगी र अहंकारी शासकको रुपमा चित्रण गर्ने पक्कै छ।

सबै आफूमात्रै जान्ने, आफुमात्रै मान्छे अरु सब अरु नै भने जसरी सत्ताको कुर्चीमा बसेर ओलीले दुनियाँ हँसाईरहे। ओलीको बोली चर्को भएकै कारण सामान्य जनतामा राम्रो छाप बस्न सकेन। रत्नपार्कमा जडिबुटीको औषधी बेच्नेलाई जोडेर विपक्षिलाई उडाइरहँदा सामान्य नागरिकको अपमान भएको पत्तोसमेत पाएनन्। उनको कार्यकालमा सल्लाहकारहरुको कम्जोरीहरु धेरै भए। सल्लाहकारहरुले ओलीको होडिङ बोर्ड टाँस्ने, पोल ओलीमय बनाउने, विपक्षीलाई गालि गर्ने, काम कम, बढी प्रचार गर्ने, मुखले भ्रष्टाचार देख्न सक्दिन भन्ने तर, नाकैमूनिको भ्रष्टाचार नदेख्ने गरेको पाईयो। उनले बिताएको ४० महिना समय वास्तवमै काम गर्ने मान्छेको लागि धेरै हो।

मिथ्याङको हावा चलाएर उद्घाटन र शिलान्यास गर्नेमा बढि समय बिताए। पत्रकार, मानवअधिकारवादी र वौद्धिक वर्गहरुलाई देखि नसहने अवस्थामा पुगेका ओलीको अवसान पहिलो कार्याकाल पनि त्यति सुखद बितेको थिएन। संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मात्रै उनले पदबाट राजिनामा दिएका थिए। पछिल्लो कार्याकाल काण्डैकाण्ड र विवादैविवादले भरिएर वित्यो। पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुनुको नाताले न उनले नेकपा राख्ने सके। न त सरकार। त्यति मात्रै होइन, एमाले पनि आजका दिनसम्म विवादको चुङ्गुलमा फसाएका छन्। खैर, ओलीको नाममा जोडि राजनीतिक, संवैधानिक र नैतिकताको प्रसँगले साेच्न बाध्य बनाउन लायक बन्याे।  २०७७ पुस ५ गते र २०७८ जेठ ७ गते संसद विघटन भएको दिन अनि २०७७ फाुगन ११ गते र २०७८ असार २८ गते संसद विघटन बदर भएर ओलीको अवसान भएको दिन नेपालीहरुले पछिसम्म पनि याद गर्ने मिति बनेका छन्।