‘अदालतको आदेशपछि एमाले विवाद समाधान हुन्छ’



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टीको आन्तरिक विवाद समाधान हुने जिकिर गरेका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो। तर, अहिलेसम्म आएको छैन। मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ। मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ।’

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दुस्ख प्रस्ताव पारित गरेको सुनेको उनले बताए।

गौतमले भने, ‘अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ। म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ। म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो। कतिपयले आफ्नो समूहमा दुस्ख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने। तर, मलाई दुःखमनाउ छैन।’