खाल्डो खनेर ढलान गरिएको अवस्थामा भेटियो सुजिताको शव



काठमाडौँ। घरायसी विवादपछि हत्या गरिएकी महोत्तरीको लोहरपट्टी नगरपालिका– ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ।

गत १९ जेठदेखि बेपत्ता भएकी सुजिताको आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्याङ्कबाट बरामद भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्। आफ्नै ससुराको जग्गामा रहेको सेप्टिक ट्याङकको पिँधमा खाल्डो खनेर गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको छ,’ उनले भने।

शव फेला परेको स्थानदेखि करिब १ किलोमिटरको दूरीमा रहेको खेतमा केही दिनअघि मात्र अवशेष फेला परेको थियो। त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी विष्टले बताए।