राष्ट्रपतिको हत्या भएपछि हाइटीले अमेरिकाको सहयोग माग्याे



काठमाडौँ। राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ।

हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो। तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ।

यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो। यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो।

राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ। त्यस्तै, तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ।

अमेरिकाले सैनिक नपठाए पनि घटनाको छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने जनाएको छ।

हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ। यस हत्याकाण्डपछि अहिले हैटीमा संकट सुरु भएको छ। हैटी उत्तर अमेरिकी महादेशकै सबैभन्दा गरिब देश हो। यहाँ अहिले संकटकाल घोषणा गरिएको छ।