नेपाल यू–२३ छनोटको ‘बी’ समूहमा



काठमाडौँ। एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार एएफसी यू–२३ एसिया कप छनोटको ड्र सार्वजनिक गरेको छ।

जसमा नेपाल समूह ‘बी’ मा परेको छ। त्यस समूहमा इरान, ताजिकिस्तान र लेबनान छन्। छनोटका खेल ताजिकिस्तानमा हुनेछन्। यो नेपालका लागि चुनौतीपूर्ण कठिन समूह साबित हुनेछ। छनोटका खेल सन् २०२१ को अक्टोबर २३ देखि ३१ सम्म हुनेछन्।

एसियाका कुल ४२ टिमलाई छनोटका ११ समूहमा विभाजन गरिएको छ। १५ टिम उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसिया कप २०२२ का लागि छनोट हुनेछन्। उज्वेकिस्तान भने आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ।