काठमाडौँ। राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शन गरेको छ।
अनेरास्ववियुले शुक्रवार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए। उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन्।
‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको हो।