एमालेको वार्ता प्रगति शून्य



काठमाडौँ। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो।

यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए। ‘भोलि शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ। हामी आशावादी छौ’ नेम्वाङको भनाई छ।

तर, नेता घनश्याम भुसालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए। ‘हामी जहाँको त्यहीँ छौं। आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो। तर, विष्णु पौडेल आउनुभएन। अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाइ छ।

यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन्। कार्यदलको बैठकपछि एक नेताले रातोपाटीसँग भने( ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो।’

ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ। आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको नेपाल पक्षका नेताले बताए