कर्णालीका चार जना सांसदको भ्याकेट खारेज



काठमाडौँ। नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज गरेको छ।

७ असारमा दर्ता भएको उक्त निवेदन बुधबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो। यसअघि २७ जेठमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशसभाका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापामाथि गरिएको कारबाही मान्य नहुने आदेश दिएको थियो।

दशौँ महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई गरेको कारबाही मान्य नहुने न्यायाधीश राउतको इजलासले आदेश दिएको थियो। यही आदेश पुनरावलोकन गरिपाऊँ भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निवेदन दिएका थिए।

एमालेले ३ वैशाखमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै १४ वैशाखमा सांसदबाट पदमुक्त गरेको थियो।