काठमाडौं। हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ।
हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो। भनिन्छ कि २ वर्षदेखि संसद विघटन गरेर अध्यादेशबाट शासन चलाउँदै आएका ५३ वर्षे राष्ट्रपति मोइसीको निजी निवासमै गोली हानी हत्या गरिएकाे हाे।
स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन्। उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो।
विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् ? भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन्। यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ। प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन्।