काठमाडौँ। चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको छ।
सोही क्रममा नेपालका राजनीतिक दलको तर्फबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागी भएका छन्।
अहिले अन्तर्क्रिया जारी छ। अन्तर्क्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी भएका छन्। भर्चुअल प्रविधिबाट हुने अन्तर्क्रियामा उनले पनि सम्बोधन गर्ने बताइएको छ।