एमाले राप्रपाको एजेण्डामा आउन थाल्यो: कमल थापा



काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमला थापाले नेकपा एमाले पनि आफ्नै एजेण्डामा आउन लागेको टिप्पणी गर्नु भएको छ।

एमाले केन्द्रीय कमिटिको बैठकमा नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका बारेमा पुनर्विचार गर्न प्रस्ताव राखेपछि अध्यक्ष थापाले त्यसलाई सकारात्मक रुपमा लिएको बताउनु भएको छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले भने, ‘धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका बारेमा पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो लामो समयदेखिको माग हो, त्यस बारेमा अहिले अन्य पार्टीहरुमा पनि छलफल हुनु सकारात्मक हो, म यसको प्रशंसा गर्दछु।’

राप्रपाका मागहरुका बारेमा बहस बढ्दै गइरहेकाले राप्रपाका माग प्रति जनताको पनि समर्थन बढ्दै गइरहेको उनकाे भनाइ थियाे। वैचारिक हिसावले पनि अरुभन्दा फरक तर जनचाहना अनुसारको र सांगठनिक हिसावले पनि देशभरी भएकाले राप्रपा नै देशको वैकल्पिक शक्ति हुने अध्यक्ष थापाको दावी छ।