कालिकोटमा जीप दुर्घटना, एकको मृत्यु



कालिकोट। जिल्लाको रास्कोट नगरपालिकाको कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन। सेराचौरदेखि जितेगडाको लागि छुटेको क १ ज २३ नम्मरको बोलेरो जिप दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि कालिकोट जिल्ला अस्पतालमा पठाइसकेको प्रहरी चौकी सान्ती घाटका इन्चार्ज प्रहरी नायक उपरिक्षक रमेश महतारले बताएका छन।