पाँच विद्यार्थी संगठनद्वारा संविधानकाे प्रति प्रदर्शन



काठमाडौँ। आन्दोलनरत पाँच विद्यार्थी संगठनले ‘नेपालको संविधान’ प्रति प्रदर्शन गरेका छन्।

राजधानीको माइतीघरमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं) ले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान पढ्नका निम्ति सार्वजनिक अपिल गरेका छन्।

कार्यक्रमा नेविसंघका सभापति राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विध्यार्थी युनियन रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेललगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो।