युरोकप: सट्टेबाजी गराएको आरोपमा ८ जना पक्राउ



काठमाडौं। युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन्। आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए।

महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो।
राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बताइएको छ।