कर्णाली प्रदेशमा थप १२५ जनाले जिते कोरोना



सुर्खेत। कर्णाली प्रदेशमा आज थप १२५ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन्। यो सँगै सक्रिय संक्रमितको संख्या १ हजार ६३ मा झरेको छ।

यस्तै आज ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ३४ जनामा गरिएको आरटी–पीसिआर परीक्षण विधिबाट १४ र १९५ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। कोरोना संक्रमण हुनेमा आज रुकुम पश्चिममा र सल्यानमा धेरै रहेका छन्।

यस्तै आज प्रदेश राजधानी समेत रहेको सुर्खेतमा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ। यस्तै कर्णालीमा आज कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन भने मृतकको संख्या जम्मा ३३० रहेको छ।