परीक्षा सञ्चालन गर्न दिने उपत्यका प्रशासनको निर्णय



काठमाडौं। काठमाडौँ उपत्यका प्रशासनले रोकिएका परीक्षाहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। तर, एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ। धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ। परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ।

मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ। कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए। प्रशासनले उपत्यकाको यातायातमा लगाएको जोर–विजोर प्रणाली पनि हटाएको छ।