एमालेको विधान महाधिवेशन साउन २५-२७ सम्म



काठमाडौँ। नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ। केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए।

विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो। विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको थापाले बताए।

संगठनात्मक प्रतिवेदन लेख्नका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ। आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको पनि उनले बताए। शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ।