रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते



सुर्खेत। रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले ठक्कर दिएको बिषयलाई लिएर युवाहरुको दुई समुहबीच झडप भएको थियो।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका हुन्।

उनका अनुसार घटना स्थल डोल्पाको सिमनामा पर्ने अति विकट गाउँमा हो। हिजो साँझै चाहनेहरुलाई सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि त्यहाँ हेलिकप्टर समेत बस्ने नसक्ने भए पछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको प्रहरीले जनाएको छ।