पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना



काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ।

यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ। हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन्।

कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन्। हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ।