काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि नेपाल, भारतसहित १४ मलुकको यात्रामा रोक लगाएको हो।
यूएईले आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको अन्य देशमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया हुन्।
यूएईको विदेश मन्त्रालयले विदेश ९अन्य देश० भ्रमण गर्ने आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आग्रह गरेको छ।