नरायणगढ–मुग्लिन सडकमा खस्यो भीमकाय ढुंगा



चितवन। नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेको छ।

पहिरोले सो सडक बिहीबार सबेरैदेखि अवरुद्ध थियो। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाको टोली दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो।

पहाडबाट निकै ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै भएको थियो। ग्राभेल हालेर खाल्डो पुरेर एकतर्फी यातायात चलेको छ। तर ब्रेकरको सहायेगले मात्र ढुंगा फुटाउन सकिने हुँदा पूरै ढुंगा हटाएर दुईतर्फी यातायात चलाउन समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तस्बिरः चितवन जिल्ला ट्राफिक प्रहरी