काठमाडौँ। फुटको ढिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ।
बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो। शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए। बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । विहान ११ बजेबाट बसेको बैठक ६ बजे सकिएको थियो ।