राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटोसहित) 



काठमाडौँ। विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन्।

आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन्। बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन्। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

तस्बिर: मुकुन्द कालिकोटे