कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक उडान, खुल्यो



काठमाडौँ कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ बिहीवारदेखि खुला गरिएको छ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी अर्को निर्णय नभएसम्म यसअघि हुँदै आएका उडानको आधा सङ्ख्यामा गर्ने गरी आन्तरिक उडान खोलिएको अधिकारीहरूले बताएका छन्।

उच्चतम सावधानीका लागि यात्रुहरूले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले व्यवस्था गरेको उडानसम्बन्धी फारम अनिवार्य भर्नुपर्ने नियम बनाइएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण झन्डै दुई महिनादेखि नेपालभित्र हुने नियमित हवाई उडानहरू बन्द रहेका थिए।

सरकारले क्रमिक रूपमा निषेधाज्ञालाई खुकुलो पार्दै लगेको अवस्थामा आन्तरिक उडानहरूले सञ्चालन अनुमति पाएका हुन्।