कांग्रेस शीर्ष नेताको बैठक बस्दै



काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका बारेमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बस्ने भएको छ।

पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन्। बिहीबार दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन्।

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ। तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ।

क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ। क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन।