सुर्खेत। कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन्। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ। यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो। आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३५ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।