मैले बोल्यो कि पोल्यो हुन्छ: माधव नेपाल



काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन्।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो।

जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए। लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए। यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए।