काठमाडौं। युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो।
कम्पनीले ७० प्रतिशत संस्थापक समूहलाई र ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याएको थियो। सर्वसाधारण समूहलाई छुट्याएको आईपीओ जारी गर्नेछ। आईपीओ निष्काशनका लागि कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिट रहेको छ।