कर्णाली प्रदेशमा धान दिवसको बिदा



सुर्खेत। धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिइने भएको छ।

सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर जुम्ला जिल्ला बाहेकका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो।

गत वैशाख १ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषदले धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो। कर्णाली प्रदेशमा हालसम्म झण्डै ५० प्रतिशत रोपाइ सकिएको छ। जेठ अन्तिम सातादेखि रोपाइँ गर्न शुरु भएको र हाल सम्म झण्डै ५० प्रतिशत जति कर्णालीमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।

निर्देशनालयका अनुसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लाहरुमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएका छन्। प्रदेशको ४१ हजार पाँच सय पाँच हेक्टर धान हुने जमिनमध्ये हालसम्म २० हजार चार सय १९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायाले जानकारी दिए।