काठमाडौँ। एमालेका वरिष्ठ नेता झलनाथ खानाल र माधव नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अध्यक्ष केपी ओलीलाई भ्रमको खेती बन्द गर्न अनुरोध गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘कमरेड ओलि भ्रम र भ्रमित पार्ने खेती बन्द गर्नुहोस्। स्वयं जननेता मदन भण्डारीले ५औं महाधिवेशनमा प्रस्तुत गर्नु भएको जनताको बहुदलीय जनवादको विचारलाई नेपाली कम्युनिस्ट आन्दोलनमा यो विचारलाई सिद्धान्तको रुपमा विकाश विस्तार र स्थापित गर्दै जनताको बहुदलीय जनवादलाई नेकपा एमालेको ६औं र ७औं महाधिवेशनबाट सिद्धान्तको रुपमा व्याख्या विश्लेषण गर्दै यो कार्यक्रम होइन।’
उनले अगाडि लेखेका छन्, ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त हो भन्ने कुराको पुष्ठि गर्दै पार्टीदेखि देश विदेशसम्म यो सिद्धान्तको अगुवाई गर्ने नायक कमरेड माधव नेपाललाई आज आएर मदन भण्डारी र जबजको विरोधी देख्नु सुर्यलाई हत्केलाले छेक्नु झै धृष्टता हो। ईतिहास साचि छ तथ्य र प्रमाण हेरौं कमरेड नेकपा एमालेका जन-जनलाई मन-मनलाई थाहा छ कम्युनिस्ट आन्दोलन यहाँसम्म कसले कसरी निर्माण गरेको छ भनेर।’




