सर्वाधिक गोलकर्ताका रुपमा बाहिरिए रोनाल्डो



काठमाडौँ। बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् ।

त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदैन, त्यहीकारण यही युरोकप नै रोनाल्डोको करियरको अन्तिम युरोकप पनि हुनसक्छ ।

पोर्चुगल बाहिरिए पनि अहिलेसम्म रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचीमा ५ गोलसहित पहिलो नम्बरमा छन्, यस सुचीमा उनलाई चेक गणतन्त्रका प्याट्रिक सिकले चार गोलसहित पछ्याइरहेका छन् ।

रोनाल्डोले यस प्रतियोगितामा धेरै किर्तिमानहरु बनाएका छन्, जो अझै लामो समयसम्म कायम रहने अपेक्षा गरिएको छ । त्यसमध्ये सबैभन्दा ठूलो किर्तिमान सर्वाधिक अन्तर्राष्ट्रिय गोलको हो । रोनाल्डोले यस प्रतियोगितामा ५ गोल गर्दै पोर्चुगलका लागि आफ्नो कुल गोलसंख्या १ सय ९ पु७थभलसयाए, जो ईरानी फुटबलर देई अली बराबर हो । अर्थात्, अब सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा रोनाल्डो संयुक्त रुपमा पहिलो नम्बरमा छन् ।

युरोकपको पाँचवटा संस्करणमा सहभागिता जनाउने रोनाल्डो एक्लो खेलाडी हुन् । उनी युरोका पाँचवटै संस्करणमा गोल गर्ने एक्लो खेलाडी पनि हुन् । त्यस्तै, युरोमा सर्वाधिक गोल गर्ने किर्तिमान पनि रोनाल्डोले एकलौटी बनाए ।

उनले यो किर्तिमान त आफ्नो सुरुवाती खेलमै तोडेका थिए । प्रतियोगिता सुरु हुनअघि माइकल प्लाटिनी र रोनाल्डोका नाममा सर्वाधिक ९ गोल गर्ने संयुक्त किर्तिमान थियो । हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै आफ्नो गोलसंख्या ११ पु¥याएका रोनाल्डोले त्यसपछि जर्मनीविरुद्ध एक र फ्रान्सविरुद्ध २ गोल गर्दै कुल गोलसंख्या १४ पुर्याए ।

युरोकपमा सर्वाधिक धेरै खेल जित्ने किर्तिमान पनि रोनाल्डो एकलौटी बनाए । यस प्रतियोगिता सुरु हुनअघि आन्द्रेस इनिस्टा, सेस फाब्रिगास र रोनाल्डोका नाममा संयुक्त रुपमा सर्वाधिक ११ खेल जित्ने किर्तिमान थियो । हंगेरीविरुद्धको जितपछि रोनाल्डोले यो संख्या १२ मा पु७थभलसयाए ।

यसरी, २०१६ मा पोर्चुगललाई उपाधि जिताएका रोनाल्डोले यसपटक उपाधि रक्षा गर्न नसकेपनि त्यस्ता धेरै किर्तिमान बनाए, जसले उनलाई युरोकपकै महान् खेलाडीका रुपमा व्याख्या गर्छ । रोनाल्डोको आँखा अब कतार विश्वकपमा अडिएको हुनुपर्छ । कतारमा २०२२ को नोभेम्बरमा विश्वकप आयोजना हुँदैछ ।