केपी ओलीले बोलाएको वैठक अवैधानिक: अध्यक्ष पराजुली



काठमाडौँ। नेकपा एमाले माधव कुमार नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले एमाले अध्यक्ष केपी ओली समूहले सम्पन्न गरेको स्थायी कमिटी बैठकलाई अवैधानिक भएको टिप्पणी गरेका छन्।

साथै उनले अदालतको आदेशको ठाडो उल्लंघन भएको आरोपसमेत लगाएका छन्। स्थायी कमिटी बैठकले एमाले एकताको लागि थप निर्णय गर्नेका लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाएको छ।

एमालेको विद्रोही पक्षको नेतृत्व गरिहेका अध्यक्ष पराजुलीले अदालतले नै महाधिवेशन आयोजक कमिटीलाई अवैध भएको स्मरण गराउँदै समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतले नेकपा एमालेको जेठ २ गतेअघिको पार्टी संरचनालाई वैधानिकता दिईसकेपछि त्यसलाई ठाडो उल्लंघन र त्यो निर्णयलाई चुनौती दिँदै आज नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको भन्ने कुरा अवैधानिक साथै लज्जास्पद र हास्यास्पद कुराको कुनै माने राख्दैन। आफैं भ्याकेटमा जाने आफैं न्यायलयको निर्णयलाई अस्वीकार गर्ने?’