काठमाडौं। एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे। त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूले विरोध जनाए।
‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ।
प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ। संघर्ष दाहाल, रमेश विष्ट, मनिषा कार्की, समीर गौतम लगायत विद्यार्थी अभियन्ताहरूको अग्रसरतामा अघिल्लो सातादेखि एमफिल पिएचडी निःशुल्क हुनुपर्ने मागसहित आन्दोलन सुरु गरिएको थियो।
तस्बिर:मुकुन्द कालिकोटे