डोल्पामा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु



डोल्पा। यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ।

तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँ बस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युतको नहर कुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ।

मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ। त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ।

सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतका सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए।