मेलम्चीका बाढी पीडितलाई ग्याँस चुल्हो प्रदान



काठमाडौं। सिन्धुपाल्चोककाे मेलम्ची र हेलम्बुका बाढी पीडित परिवारलाई विभिन्न संघसंस्थाहरुले ग्याँस चुल्हो प्रदान गरिएको छन्।

गैरी गाउँ जागृत महिला समूह ,युथ एड्भोकेसी नेपाल र ग्लोबल पीस फाउण्डेशनको आर्थिक सहयोगमा सय थान चुल्हो प्रदान गरिएको युथएड्भोकेसी नेपालका कोषध्यक्ष गणेश धामीले जानकारी दिए।

मेलम्चीमा ५० वटा र हेलम्बुमा ५० बटा चुल्हो वितरण गरिएको धामीले नेशनपाटी डटकमलाई जानकारी दिएका छन्। बाढी पीडितहरुलाई देश तथा विदेशबाट खाधान्न, लत्ताकपडा र खाधान्न सहयोग भएकाले आफूले चुल्हो वितरण गरेको युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले जनाएका छन्।

ग्लोबल पीस फाउण्डेशन रामरोहन पन्तले विपद र प्राकृतिक प्रकोपका क्षेत्रमा विगत देखि नै मानवीयता देखाउँदै सहयोग गरिहेको जनाएका छन्। उनले विपदमा परेका मानव जातीको उद्धार र राहतका लागि ग्लोबल फाउण्डेसनले अग्रणी भूमिका निर्वाह गरेको समेत जनाएका छन्।

काठमाडौंबाट चुल्हो खरिद गरि शनिबार एक कार्यक्रमकाबीच स्थानीय तहका मेयर र वडाध्यक्षलाई हस्तान्तरण गरिएको खतिवडाले जनाएका छन्। युथ एड्भोकेसी नेपाल युवाहरुको सशक्तिकरणमा क्रियाशिल संस्थाका रुपमा परिचित रहेको छ।