हिमा गापा ६ को वडा कार्यालयमा ताला



जुम्ला। जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा तालाबन्दि गरेको छ।

वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए/गरेका सार्वजनिक योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला गरेको वडा कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिमा ठूला साना गरी २६ वडा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन्। उपराज अधिकारीको नेतृत्वमा तालाबन्दि गरिएको बुझिएको छ।